काठमाडौ । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगरा ६ बस्ने ४० वर्षीय नजाम अन्सारी र सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका २ का २३ वर्षीय निकाइल अन्सारी छन्।
अनुसन्धानका क्रममा उनीहरुले लामो समय देखि मरोङ र सुनसरीका विभिन्न स्थानहरूबाट एक सयवटा भन्दा धेरै मोटरसाइकल चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्याल्य मोरङले जनाएको छ।
नेपालमा चोरी गरेका मोटरसाइकल उनीहरुले भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा लगेर बिक्री गर्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ