काठमाडौँ । एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। पार्टी मुख्यालय आलोकनगरमा ७२ औँ सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
शनिबार दिउँसो बसेको ७१ औँ सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसलाललाई दिएको थियो।
एक नेताका अनुसार आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। गठबन्धनको बैठकले सिट बाँडफाँटको टुङ्गो लगाएको छ। रिक्त १९ स्थानमध्ये नेपाली काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिट लिने गरी गठबन्धन घटक दल सहमति नजिक पुगेको बताइएको छ। यद्यपि त्यसमा आफूहरू असन्तुष्ट रहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
बालुवाटार बैठकमा कुरा नमिलेपछि थप निर्णय लिन एकीकृत समाजवादीले आकस्मिकरूपमा सचिवालयको बैठक बोलाएको हो। ‘हामीले तीन नेतालाई उम्मेदवारको टुङ्गो लगाउने जिम्मा दिएका थियौँ,’ खतिवडाले भने, ‘गठबन्धनमा भएको कुराकानी र उम्मेदवारहरूबारे छलफल गर्न सचिवालय बैठक बोलाएका हौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने
पार्टीको आधिकारिक धारणाविरुद्ध कसैले बोले कारवाही गर्ने नेकपा एसको चेतावनी