काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ ।
गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एक नेताले जानकारी दिए । ‘राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटका लागि बैठक बोलाइएको हो । गठबन्धनको बैठकपछि पदाधिकारी बैठक बस्छ’, उनले भने ।
शनिवार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो । तर जसअनुसार माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ । नेताहरूका अनुसार बैठकमा सातै प्रदेशमा क्लस्टर मिलाउने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचन : मतदान सम्पन्न, देशभर ९५.६८ प्रतिशत मत खस्यो
राष्ट्रिय सभा निर्वाचनमा सुनिल थापा निर्विरोध निर्वाचित भएको घोषणा
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा निर्वाचनमा एमाले र नेकपासँग तालमेल गर्ने काँग्रेसको निर्णय