पूर्वराजा शाहले गरे बुटवलको नीलकण्ठ बाबाधाममा पूजा

सफल खबर संवाददाता

शनिबार, २१ पुस २०८०, १४ : ५२
पूर्वराजा शाहले गरे बुटवलको नीलकण्ठ बाबाधाममा पूजा

बुटवल । दुई हप्तादेखि भैरहवामा आएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन्।पुस १ गतेबाट सुरु भएको शिव शक्ति-११ अतिरुद्री महायज्ञमा आज पूर्व राजाले पूजा गरेका हुन्।

सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए । पूवराजालाई मन्दिरका पुजारी तथा पदाधिकारीले स्वागत गरेका थिए।

पुस ९ गते भैरहवामा परिवारसहित आएका पूर्वराजा यसअघि नवलपरासी बर्दघाट रहेको मन्दिरमा पनि पूजा गरेका थिए। उनलाई पुस १९ गते भैरहवामा नागरिक अभिनन्दनसमेत गरिएको थियो । उनी कहिले काठमाडौँ जाने अझैसम्म सचिवालयले खुलाएको छैन।