ललितपुर प्रजिअमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाललाई जिम्मेवारी

सफल खबर संवाददाता

शुक्रबार, २० पुस २०८०, २० : ०३
ललितपुर प्रजिअमा श्रेष्ठ, प्रहरी प्रमुखमा खनाललाई जिम्मेवारी

काठमाडौँ । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । भर्खरै मात्र गृह मन्त्रालयले आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख श्रेष्ठलाई ललितपुर प्रशासन प्रमुख बनाई पठाएको हो । 

बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय तानिएसँग रिक्त रहेको थियो ।  यसैगरी ललितपुर प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल गएका छन् । तत्कालीन एसएसपी सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएसँगै हेड क्वाटरबाट खनाललाई ललितपुर पठाउने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दियो । 

प्रतिक्रिया दिनुहोस