ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेल नियुक्त

रासस

शुक्रबार, २० पुस २०८०, १४ : ४९
ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेल नियुक्त

काठमाडौं । रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेललाई नियुक्त गरिएको छ । शुक्रबार वैदेशिक रोजगार विभागले मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

यसअघि ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते भएको बालकुमारी घटनापछि सरकारले जिम्मेवारीबाट हटाएको थियो ।

ईपीएस कोरिया विवादपछि शाखाको निर्देशकको पद खाली नै रहेको थियो भने, आज करिब एक सातापछि मैयाँ कडेललाई पठाइएको छ ।