एजेन्सी । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले आफ्नो योनप्योङ टापुतर्फ २०० राउण्ड फायर गरेको जनाएको छ । यो दक्षिण कोरियाली टापु उत्तर कोरियाको पश्चिमी तटमा पर्छ। दक्षिण कोरियाले उक्त टापुमा बसोबास गर्ने सर्वसाधारणलाई तुरुन्तै छाड्न चेतावनी दिएको छ । यद्यपी उत्तर कोरियाको गोलाबारीसँग निकासीको चेतावनी सम्बन्धित थियो वा थिएन भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन।
दक्षिण कोरियाले यस घटनाको निन्दा गर्दै यसलाई उत्तर कोरियाको 'उत्तेजक कार्य' भनेको छ। सन् २०१० मा उत्तर कोरियाले येओनप्योङ टापुमा धेरै पटक गोली चलाउँदा चार जनाको ज्यान गएको थियो।
उत्तर कोरियाले शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म गोली हानाहान गरेको थियो । रिपोर्टहरूका अनुसार गोलाबारी दक्षिण कोरियाली भूमिमा भएको थिएन र सबै बमहरू दुई देशहरू बीच चिन्ह लगाइएको बफर जोन भित्र परेका थिए।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले भने, घटनाले "हाम्रा जनता वा सेनालाई कुनै हानि पुर्याएको छैन।" तर, उनले यस्तो घटनाले कोरियाली प्रायद्वीपको शान्तिलाई खतरामा पार्ने र तनाव बढाउने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० पुस २०८०, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किन उत्तर कोरियासँग सतर्क छ अमेरिका ?
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी