प्रश्नपत्र आउट गर्ने एमयूका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, १४ : ४८
प्रश्नपत्र आउट गर्ने एमयूका परीक्षा व्यवस्थापन प्रमुखसहित ६ जना निलम्बित

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले प्रश्नपत्र आउट गरेको आरोपमा ६ जनालाई निलम्बन गरेको छ ।

ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा हुनुभन्दा पहिला नै प्रश्नपत्र बाहिरिएपछि परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई एमयूले निलम्बन गरेको हो ।

उपकुलपति प्राध्यापक डा। नन्दबहादुर सिंहले पुस ३ गतेबाट सञ्चालन हुने भनिएको परीक्षाको प्रश्नपत्र नै बाहिरिएपछि रद्द गरेर छानबिन भइरहेको बताए । निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् ।

facebook sharing button

प्रतिक्रिया दिनुहोस