भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, १३ : ०८
भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबिच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा दुई देशबिच हुन गइरहेका विभिन्न सम्झौताबारे छलफल भएको बताइएको छ ।

परराष्ट्र मन्त्री  साउदकै निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन  मन्त्री जयशंकर नेपाल आएका हुन् । उनी आजै दिउँसो   होटेल याक एण्ड यतिमा हुने  संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस