काठमाडौं । देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । दाङ, लमही नगरपालिका-३ नारायणपुरस्थित चेनुवाचपरा बस्ने ६५ वर्षीय सुखीराम चौधरी सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, रंगेली नगरपालिका-५ आँपगाछी बस्ने ६२ वर्षीया पारो देवी मण्डल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।काठमाडौं महानगरपालिका-८ पशुपती देवालय पाटीको पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-१८ नख्खु चोभार भन्ज्याङमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला