यस वर्षको पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : जयशंकर

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०८०, ११ : ४८
यस वर्षको पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : जयशंकर

काठमाडौं । परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी हुन् नेपाल आईपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल आउन पाउँदा निक्कै हर्षित बनेको बताएका छन् ।आफ्नो २ दिने भ्रमणका क्रममा आज नेपाल आएका जयशंकरले सामाजिक सञ्जालमा नेपाल आउन पाउँदा उत्साहित बनेको उल्लेख गरेका छन् । “सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका निम्ति उत्साहित छु ।”

आज काठमाडौं आईपुगेका जयशंकरले उच्च स्तरीय राजनीतिक घेटघाटका साथै दुई देशका विदेशमन्त्री स्तरिय बैठकमा सहभागी हुनेछन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित पूर्व प्रधानमन्त्रीद्धय केपी शर्मा ओली र शेरबहादुर देउवालगायतसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।