शिक्षा सुधारको माग गर्दै मन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

सफल खबर संवाददाता

बुधबार, १८ पुस २०८०, १५ : ०१
शिक्षा सुधारको माग गर्दै मन्त्रीलाई नेविसंघको ज्ञापनपत्र

काठमाडौँ । नेपाल विद्यार्थी संघले समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरुमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार नेविसंघका नेता कार्यकर्ताहरु सिंहदरबार पुगेर विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा खुल्ला प्रतिस्पर्धावाट मेरिटोक्रेसी र प्राज्ञिक दक्षताका आधारमा पदाधिकारी  नियुक्तसहित समग्र शिक्षा क्षेत्रको सुधार गर्न माग गर्दै मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ई.भुवन भट्टले जानकारी दिए ।

नेविसंघको ज्ञापनपत्रमा त्रिविलगायत देशभरका विश्वविद्यालयहरुमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न छानबिन समिति गठनको माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस