ईपीएस विवादबारे छलफल, कोरियाको सकारात्मक प्रतिक्रिया

पत्रपत्रिकाबाट

बुधबार, १८ पुस २०८०, ०८ : ०७
ईपीएस विवादबारे छलफल, कोरियाको सकारात्मक प्रतिक्रिया

काठमाडौ । रोजगार अनुुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया भाषाको विषयमा अदालतको आदेशपछि नेपाल  सरकारले  उत्पादन  क्षेत्रमा  पुनः  आवेदन  दिनेबारे  गरेको  निर्णयमा  सकारात्मक  प्रतिव्रिmया  आएको  छ  ।

श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षा मन्त्रालयका श्रममन्त्री, सचिव, सहसचिव र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबिच मङ्गलबार कोरिया भाषा परीक्षाका कारण पछिल्ला पटक उत्पन्न विवादबारे छलफल गर्न सहभागी कोरियाली पक्षबाट यस्तो प्रतिव्रिmया आएको हो । 

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले छलफलमा कोरिया रोजगारीमा जान चाहने युवाको सङ्ख्या अत्यधिक भएका कारण यस्तो समस्या आएको विषयमा राजदूतलाई जानकारी गराएको बताए ।  अदालतको  आदेश  सरकारले  कार्यान्वयन  गर्नुपर्ने  कुरा  राखेपछि  त्यसपछि  नेपालका लागि कोरियाका राजदूतले सकारात्मक प्रतिव्रिmया दिएको उनको भनाइ छ ।

भेटका अवसरमा रोजगार अनुमति प्रणाली (इपिएस) मा देखिएका विविध समस्या समाधान गर्ने विषयमा पनि विस्तृत रूपमा छलफल हुुनका साथै यसका लागि दुवै देशका प्राविधिक बसेर छलफल गरेर निर्णय हुुने पनि पोखरेलको भनाइ छ । त्यसो त दक्षिण कोरियाले नेपालसहित १६ मुलुकबाट इपिएस प्रणाली अन्तर्गत श्रमिक लैजाँदै आएको छ । गोरखापत्रमा खबर छ ।