सुदूरपश्चिम विकासका लागि चाहिने आधारभूत तत्त्वहरू बढी भएको प्रदेश हो : एनपी साउद

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, १५ : ३९
सुदूरपश्चिम विकासका लागि चाहिने आधारभूत तत्त्वहरू बढी भएको प्रदेश हो : एनपी  साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभूत तत्त्वहरू बढी भएको स्थान रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित दृश्यमा खप्तड शृङ्खला २ को विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री साउदले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेको बताए । उनले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्त्वपूर्ण रहेको बताए । उनले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्त्वपूर्ण रहेको बताए ।

मन्त्री साउदले अहिले पनि सुदूरपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताए । 

प्रतिक्रिया दिनुहोस