ईपीएस विवाद : प्राविधिक समिति गठन गर्ने सहमति

सफल खबर संवाददाता

मंगलबार, १७ पुस २०८०, १५ : २१
ईपीएस विवाद : प्राविधिक समिति गठन गर्ने सहमति

काठमाडौँ । ईपीएसमा देखिएको विवादका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतसँग छलफल गरेको छ । मंगलबार बिहान मन्त्रालयमा भएको छलफलमा विवाद समाधानका लागि एउटा प्राविधिक समिति बनाउने सहमति भएको छ ।

मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार दुवै पक्ष सम्मिलित प्राविधिक समितिमार्फत समस्या समाधान गर्ने सहमति भएको हो । ‘केही दिनमा नै यो समिति गठन हुन्छ,’ पोखरेलले भने ।

छलफलमा कोरियाली राजदूत एच.ई. तेयोङले ईपीएस विवादमा सञ्चार माध्यममा आएका विषयहरूमा ध्यानाकर्षण भएको बताएका थिए । उनले यस विवादले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध नै धराप पर्ने देखिएकोमा चिन्ता व्यक्त गरेका थिए ।

यसै विषयमा शुक्रबार भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जना युवाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनीसमेत भएको थियो।