काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बालकुमारी घटना पीडितलाई १० लाख क्षतिपूर्ति दिएर समस्या समाधान नहुने बताएका छन् । बालकुमारी घटनाबारे आज राज्य व्यवस्था समितिको बैठकमा उनले पीडितहरूलाई १० लाख दिएर समस्या समाधान नभई झन् पीडित ठगिने भन्दै सरकारले पीडितका परिवारको रेखदेख गर्नुपर्ने माग गरे ।
उनले भने,‘लोकतन्त्र र गणतन्त्र माथि नै प्रहार भइरहेको छ । किन प्रहार भइरहेको छ ? हामीले लोकतन्त्र र गणतन्त्र त ल्यायौँ तर नेपाली जनतालाई के दियौँ? अब पीडितहरूलाई हामीले १० लाख दिएर समस्या समाधान हुँदैन । अरु यस्ता पीडित थपिन्छन् । त्यसैले सरकारले उहाँहरूको परिवारको रेखदेख गर्नुपर्छ । जसले गल्ती गरेको छ छानबिन गर्नुपर्छ ।’
उनले सो घटना नयाँ युवाहरूको आक्रोशलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्ने आशङ्का व्यक्त गरे ।
उनले भने,‘जहाँसम्म अस्तिको घट्नाको कुरा छ । यो सरकार बनेदेखि नै यस्तै आन्दोलन त भइरहेको थियो । यहाँ यो नयाँ युवाहरूको आक्रोशलाई उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुन सक्छ है,जसरी हामीले यो घट्नालाई सोझो पारामा हेरिरहेका छौँ त्यो नहुन सक्छ ।’ उनले एउटा घटना हुन थालेपछि आयोग बनाएर छानबिन गरेपनि प्रतिवेदन कार्यान्वयन हुन नसकेकोप्रति ध्यान दिन आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चित्रबहादुरको प्रश्न- पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?
जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन : चित्रबहादुर केसी
अमेरिकाले नेपालीलाई डिपोर्ट नगरोस् : चित्रबहादुर केसी
अध्यादेशबाट देश चलाउनु लोकतन्त्र होइन : चित्रबहादुर केसी
गणतन्त्रको विकल्प गणतन्त्र नै हो : चित्रबहादुर केसी
प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न - मन्त्रीलाई कस्तो शिक्षादीक्षा दिनुहुन्छ ?