काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएकाे छ । काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा.प्र.०२-००२ प ८४९६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-१ घर भएका छविलाल मगरकी छोरी ११ वर्षीया लक्ष्मी मगरको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही मोटरसाइकलको ठक्करबाट घाइते भएका १ जना पदैलयात्रीलाई सिभिल अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल माइतीघर लगिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङजा, गल्याङ नगरपालिका-१ नब्बेस्थित सिद्धार्थ राजमार्गमा लु.१ ख ५१४३ नम्बरको ट्रक र लु.३८ प २४४५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गल्याङ नगरपालिका-२ गराङदी बस्ने ४३ वर्षीय दिपक थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका-११ देउरालीस्थित सडकमा ना.५ त ८९२५ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री मोलुङ गाउँपालिका-२ बस्ने ५२ वर्षीय गजेन्द्र राईको घट्नास्थलमै शनिबार साँझ मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कञ्चनपुर, लालझाडी गाउँपालिका-६ चानदेव ढक्कास्थित सडकमा सु.प.प्र.०१-००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका-६ ढक्का बस्ने भुपेन्द्र सिंहकी छोरी १० वर्षीया अमृता सिंहको घटनास्थलमै शनिबार दिउँसो मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, मधुवन नगरपालिका-३ गम्कास्थित सडकमा भे.१० प ७९३५ नम्बरको मोटरसाइकल गोरुगाडामा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मधुवन नगरपालिका-८ लालिबजार बस्ने २२ वर्षीय अर्मान अन्सारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो । गोरूगाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु