काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचि तय गरेको छ । बैठकमा प्रस्तुत हुने चारवटा विषयसूची निर्धारण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसअनुसार सदस्यहरुले आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूची रहेको छ । त्यसैगरी राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत हुने छ ।
सांगठनिक प्रस्तावमा पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव रहेको छ । साथै पार्टीको महाधिवेशन र विविध विषयमा छलफल हुने भएको छ । बालकुमारीको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अनिवार्य उपस्थित हुन सदस्यहरुलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ पुस २०८०, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै