काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी पुस २५ र २६ गतेको राजनीतिक समितिको बैठक र पुस २७ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचि तय गरेको छ । बैठकमा प्रस्तुत हुने चारवटा विषयसूची निर्धारण गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसअनुसार सदस्यहरुले आ आफ्नो सक्रियतामा भएका पार्टी कार्यहरुको प्रगति विवरण प्रतिवेदन प्रस्तुत गर्ने पहिलो कार्यसूची रहेको छ । त्यसैगरी राजनीतिक एवम् सांगठनिक प्रतिवेदन प्रस्तुत हुने छ ।
सांगठनिक प्रस्तावमा पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव रहेको छ । साथै पार्टीको महाधिवेशन र विविध विषयमा छलफल हुने भएको छ । बालकुमारीको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा अनिवार्य उपस्थित हुन सदस्यहरुलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ पुस २०८०, १९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता