मेक्सिकोमा रात्रि भोजमा गोली चल्दा छ जनाको मृत्यु

रासस

शनिबार, १४ पुस २०८०, १५ : २७
मेक्सिकोमा रात्रि भोजमा गोली चल्दा छ जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार एक पार्टीमा बन्दुकधारीले गोली चलाएपछि भएको झडपमा छ जनाको मृत्यु भएको छ ।सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ।, “हत्याको प्रयास, हत्या, स्वतन्त्रता हरण र आपराधिक सम्बन्धको लागि पक्राउ पुर्जी जारी गरिएका आपराधिक समूहको नाइकेविरुद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।”

 

काजेमे नगरपालिकामा बिहानै भएको आक्रमणमा परी पाँच जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् । घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ ।

सन् २००६ देखि लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख २० हजारभन्दा बढी मानिसको हत्या भइसकेको मेक्सिकोमा बन्दुकधारीहरूले सामाजिक जमघटलाई लक्षित गरेको इतिहास छ ।

गत डिसेम्बर १७ मा मध्य राज्य ग्वानाजुआटोमा मेक्सिकोका युवाहरूले भाग लिएको क्रिसमस पार्टीमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस