काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सुदेश पराजुलीले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएका छन् ।शुक्रवार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षाको फाराम भर्ना नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो ।
मृत्युपछि उनले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै सरकारको बिरोध गरे ।सञ्चारकर्मीहरुसँग कुरा गर्दै पराजुलीले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुँदै गर्दा प्रहरीले गोली हानेर हत्या गर्नु निन्दनीय भएको बताए ।
उनले युवाको समस्या समाधान गर्न सरकार तयार नरहेको प्रष्ट भएको दाबी गरे । युवाको छातीमा गोली हानेर समस्या समाधान गर्ने दिन गएको बताउँदै वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरे ।नेता पराजुलीले युवालाई मार्ने घृणित कार्य नगर्न सरकारलाई चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १६ : ०५
लेखकबाट थप