काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।
सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।
सिपबिल्डिङमा फेल भएका करिब ३० हजार मध्ये यसभन्दा अगाडि १८ जनाले मात्रै आवेदन दिन पाउने थिए भने अब सिपबिल्डङको भाषा परीक्षामा फेल भएका सबैले आवेदन दिन पाउने छ ।
ईपीएस शाखले नै उद्धा हलेका १८ जनाको मात्रै आवेदन दिन पाउने भनेको थियो । अब भने सबैले भाषा परीक्षामा भाग लिन पाउने छन् । आज परीक्षा फर्म भर्न नपाएकाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश