बालकुमारी आन्दाेलन : गोली लागेका अर्का युवकको पनि मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १५ : ४३
बालकुमारी आन्दाेलन : गोली लागेका अर्का युवकको पनि मृत्यु

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सरकारी गाडी आगजनी घटनामा थप एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि गोली लागेर गम्भीर घाइते भएका दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउतको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको थियो ।  ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । 

प्रतिक्रिया दिनुहोस