काठमाडौं । बितेका २४ घण्टामा विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिका-८ स्थित सिमपानी बस्ने ३५ वर्षीया सानुमाया लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवा बस्ने १५ वर्षीया धारा रैदाश सोही ठाउँस्थित खाली टहरामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मीस्थित कालीगण्डकी जलविद्युत आयोजनाको ड्याममा पनि अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला