कञ्चनपुरमा नाबालिगमाथि सामूहिक बलात्कार

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १२ : ०७
कञ्चनपुरमा नाबालिगमाथि सामूहिक बलात्कार

कैलाली । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुष छन् ।

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । अर्को व्यक्तिको खोजी भइरहेको उनले बताए । पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुईजनाले बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको थियो ।