जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १२ : ०१
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

धादिङ ।  धुनिवेशी नगरपालिका-६ धार्के बस्ने जिवन रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।  सोही नगरपालिका-५ पुरानो धार्के बस्ने ४० वर्षीय विशाल मानन्धर समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ८० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस