मोटरसाइकलमा कटुवा पेस्तोल बोकेर हिँड्ने दुई जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, ११ : ५३
मोटरसाइकलमा कटुवा पेस्तोल बोकेर हिँड्ने दुई जना पक्राउ

मकवानपुर । मनहरी गाउँपालिका-९ हरियाली वनबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।  बारुद भरेको २ वटा फलामको खोकासहितको उक्त पेस्तोल बरामद भएको छ भने प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-२ भाबर बस्ने २६ वर्षीय लाल कुमार तितुङ र १९ वर्षीय ज्ञान बहादुर स्याङतान रहेका छन् । 

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बा.४१ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस