काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगहरुको लाइन धमाधम काट्न थालेपछि उच्च अदालत पाटनमा परेको टिमा केही उद्योगहरुको लाइन नकाट्न अन्तरिम आदेश जारी भएको थियो ।
ती उद्योगहरुबाट हालसम्म ४ अर्ब ३९ लाख ९५ हजार १७२ रुपैयाँ १२ पैसा बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
रघुपती जुट मिल, विराटनगरबाट २१ करोड ८ लाख ४२ हजार रुपैयाँ, अरिहन्त मल्टीफाईवर लि. दुहवीबाट १८ करोड ६ लाख ६७ हजार रुपैयाँ, अरिहन्त पोलीप्याक लि.दुहवीबाटै ५ करोड ९५ लाख ९६ हजार रुपैयाँ, मारुती सिमेन्ट प्रा.लि.मिचैयाबाट ९७ करोड ९२ लाख ५९ हजार रुपैयाँ, युनाइटेड सिमेन्ट प्रा.लि.धादिङबाट २९ करोड ४६ लाख ६२ हजार रुपैयाँ र शिवम् सिमेन्ट हेटौडाबाट २ अर्ब २७ करोड ८९ लाख ६५ हजार रुपैयाँ बक्यौता बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
मंसिर मसान्तसम्म सबै ६१ वटा उद्योगहरुबाट डेडिकेटेट र ट्रंक रुट उपभोग गरे बापत कूल २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार ५२० रुपैयाँ १२ पैसा उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार