हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, ११ : ४९
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो । जस मध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन्। अर्थात् २९ हजार २१ जनाले ४० कित्ता शेयर पाएका छन्। आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

कम्पनीले मंसिर २७ गतेबाट सेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले सेयर बिक्रि खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस