बालुवाटारमा समाजवादी मोर्चाको बैठक, चारै दलका शीर्ष नेता सहभागी

सफल खबर संवाददाता

बुधबार, ११ पुस २०८०, ०९ : २८
बालुवाटारमा समाजवादी मोर्चाको बैठक, चारै दलका शीर्ष नेता सहभागी

File pic

काठमाडौं । समाजवादी मोर्चाका नेताहरु छलफलमा जुटेका छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच छलफल जारी छ । 

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागी छन् ।

सरकारको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेको दोस्रो दिन मोर्चाको बैठक बसेको छ । बैठकमा नेकपा नेताविरुद्ध भएको पक्राउ पुर्जी जारी, सरकारको एक वर्षे समीक्षा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

समाजवादी मोर्चामा सम्बछ नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डमाथि जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस