काठमाडौ । बारा प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ।
भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मंगलबार राति आठ बजे विश्रामपुर गाँउपालिका-३ मा खुट्टामा गोली हानेर प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ गर्न लाग्दा भागेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।
उनका साथबाट प्रहरीले एक थान पेस्तोल र पाँच राउण्ड गोलीसमेत बरामद गरेको छ।
गएको कात्तिक दोस्रो साता सिंह सहितको समूहले बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, ०७ : २६
लेखकबाट थप