हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने

सफल खबर संवाददाता

मंगलबार, १० पुस २०८०, १९ : ५५
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि बुधबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहान १० बजे शेयर बाँडफाँट हुने छ। कम्पनीको शेयर ताज रिसेप्सन सुवर्ण शमशेर मार्ग बालुवाटारमा हुने क्यापिटलले जनाएको छ।

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओमा १६ लाख ६१ हजार दुई सय ४२ जनाले आवेदन दिएका छन्। आवेदन दिएकाहरू सबैले आईपीओ पाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस