नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु

एजेन्सी

मंगलबार, १० पुस २०८०, १३ : ३९
नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु

अबुजा । मध्य नाइजेरियाका गाउँमा भएको शृंखलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरूबीच भएको झडपमा १६० जनाको मृत्यु भएको छ । 

झडपमा घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ । स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको उल्लेख गरेको छ । संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको  छ ।

यो घटना पठारमा गत मे महिनायताकै सबैभन्दा  हिंस्रक घटना हो । सो घटनामा किसान र गोठाला बीचको झडपमा सय भन्दा बढीको मृत्यु भएको थियो । नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा  गम्भीर सुरक्षा खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस