कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १० पुस २०८०, १२ : ४२
कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु

कैलाली । कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका-१० आमखैका ७९ वर्षीय खडक बडुवालको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।

घरको आगनमा बालेको आगो ताप्ने क्रममा लडेर बडुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विकले जानकारी दिए ।घरमा कोहि नभएको अवस्था उनी बलिरहेको आगोमा लडेको र जलेर मृत्यु भएको उनले प्रहरी उपरीक्षक विकले बताए ।

प्रतिक्रिया दिनुहोस