काठमाडौँ । पश्चिम नवलपरासी प्रहरीले शृंखलाबद्ध चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको सुनवल नगरपालिका र रामग्राम नगरपालिकाका विभिन्न स्थानमा चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पक्राउ पर्नेहरूमा बर्दघाट नगरपालिकाका-१ का अविनाश पङ्गेनी, गुल्मी मुसिकोट नगरपालिका-९ का सुवास विश्वकर्मा, रोल्पा नगरपालिका-३ स्थायी घर भएका मिलन घर्ती मगर पक्राउ परेका छन् ।
यसैगरी जनस्वास्थ्य कार्यालयमा चोरी गर्ने रामग्राम नगरपालिका-६ का कृष्ण मोहन अग्रहरी , रामग्राम नगरपालिका-५ का अमृत अग्रहरी र रामग्राम नगरपालिका-७ का रोशन आचार्य पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद १ लाख रुपैयाँ, कम्प्युटर ,मोबाइल तथा चोरी भएका विभिन्न सामग्री बरामद भएको छ । पक्राउ परेकाहरूलाई चोरी तथा लुटपाटमा मुद्दा चलाउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०८०, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध