विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०८०, २० : २७
विद्युत प्राधिकरणले काट्यो थप दुई ठुला उद्योगको बिजुली

काठमाडौं । विद्युत बक्यौतालाई लिएर लामो सयम विवाद देखिएका ठुला उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले धमाधम बिजुली काट्न थालेको छ । शुक्रवार चार ठुला कम्पनीको बिजुली काटेको प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ ।

बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो । प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले ६२ करोड रुपैयाँ र सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी छ।

प्राधिकरणले शुक्रवार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटेको थियो ।