काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २१.०३ अंक घटेर २०८८.०७ विन्दुमा झरेको छ। त्यसैगरी सेन्सेटिभ इण्डेक्स ५.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक घटेको छ।
आज बजारमा एकैदिन ७ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन विगत एक वर्षयताकै उच्च कारोबार हो । यस दिन एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।१६१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थीर छ ।
बोटलर्स नेपाल (बालाजु), कालिका पावर कम्पनी, सामलिङ्ग पावर कम्पनी, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार