अनियमितता भेटिए नसहने प्रधानन्यायाधीश श्रेष्ठको चेतावनी

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०८०, १३ : ३९
अनियमितता भेटिए नसहने प्रधानन्यायाधीश श्रेष्ठको चेतावनी

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कुनै पनि प्रकारको अनियमितता भेटिए आफूले नसहने बताएका छन् । उच्च अदालत पाटनको पेसी व्यवस्थापन अटोमेसन शुभारम्भ गर्दै आइतबार प्रधान न्यायाधीश श्रेष्ठले अनियमितता भेटिए कठोर बन्ने बताएका हुन् ।

उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई पनि चनाखो भएर हेर्न निर्देशन दिए ।“मुख्य न्यायाधीशज्यूहरू आफ्ना नजिकका जिल्ला अदालतसम्म मुन्टो उठाएर हेर्नुस्, कमीकमजोरी घटाउन काम गर्नुस् । प्रविधिले सहजीकरण गर्ने हो, फैसला न्यायाधीशले नै गर्ने हो,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “हरेक दिन तपाईँहरूको रिपोर्ट आईटीमार्फत नै लिइरहेको छु । कहीँ कतै अनियमितता भएको भए म सहने छैन ।”

 

प्रतिक्रिया दिनुहोस