काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसद् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका छन् । शनिवार कांग्रेसको बागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका हुन् ।
उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताए । उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिटै संघीय कानूनहरु पारित गर्ने तयारीमा रहेको बताए ।
उपसभापति गुरुङले काँग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ
राजनीतिमा आफ्नो गन्तव्य, आफ्नो लक्ष्य प्राप्तिका लागि काम गर्ने हो : धनराज गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायो : उपसभापति गुरुङ
धनराज गुरुङसँग सिआइबीले लियो बयान
सहकारी ठग भनेकोप्रति धनराजको आपत्ति, पूर्व श्रीमतीमाथि अनुसन्धान गर्न माग
काँग्रेस उपसभापति गुरुङमाथि कानुनी कारबाही गर्न सहकारी छानबिन समितिको निर्देशन