काठमाडौँ । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ । .
बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौँमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए ।
सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने गर्ने कार्यक्रम छ । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति सहभागी हुनेछन् ।
त्यसैगरी नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ पुस २०८०, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी बहुमततिर अघि बढेको काँग्रेसको निष्कर्ष
‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा
मौन अवधिअघि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस
कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने
कांग्रेस सभापति थापा र उपसभापति शर्माको आजको यस्तो छ चुनावी कार्यक्रम
पोखरामा आज कांग्रेसको आमसभा