काठमाडौँ । नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौँमा हुने भएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवार काठमाडौँमा हुने बताए । उनले सम्मेलनको पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए ।
उनले भने, ‘नेपाली काँग्रेस बागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली काँग्रेसका श्रद्धेय सभापति एवं शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र नेपाली नेपाली काँग्रेस बागमती प्रदेश सभापति श्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पौष ७ गते शनिवार बिहान ८ः३० बजे समुद्घाटन हुनेछ ।’
काँग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल
कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको भेला सर्यो
सभापतिले दिएको जिम्मेवारी अनुसार अधिवेशनको वातावरण बनाउन खड्कालाई महामन्त्रीद्वयको आग्रह
आगामी पुस १६ मा महाधिवेशन गर्ने कांग्रेस संस्थापन इतरको निष्कर्ष