काठमाडौँ । नेपाली काँग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौँमा हुने भएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवार काठमाडौँमा हुने बताए । उनले सम्मेलनको पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए ।
उनले भने, ‘नेपाली काँग्रेस बागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली काँग्रेसका श्रद्धेय सभापति एवं शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र नेपाली नेपाली काँग्रेस बागमती प्रदेश सभापति श्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पौष ७ गते शनिवार बिहान ८ः३० बजे समुद्घाटन हुनेछ ।’
काँग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि
कांग्रेसले बोलायो संसदीय दलको बैठक
लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति काँग्रेसको आपत्ति
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक