राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठद्वारा सन्यासको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, ०६ पुस २०८०, २० : २६
राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठद्वारा सन्यासको घोषणा

काठमाडौँ । राष्ट्रिय फुटबल टिमका गोलकिपर विशाल श्रेष्ठले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन् ।नेपाल सुपर लिग एनएसएलमा चितवनबाट खेलेका उनले झापासँगको खेलपछि पत्रकारसित सन्यासको घोषणा गरेका हुन् ।

उनले साफ च्याम्पियनसिपपछि नै सन्यासको बारेमा सोचेको तर अहिले सही समय भएकाले सन्यास घोषणा गरेको बताए ।एक दशकको प्रतीक्षापछि उनले २०७८ सालको भदौमा दशरथ रंगशालमा घरेलु समर्थककमा माझ राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए ।

बारम्बार घरेलु फुटबलको शीर्ष लिग जितिसकेका अनि लिगको उत्कृष्ट गोलकिपर बनेका विशालले नियमित जसो राष्ट्रिय टिममा परे पनि खेल्न पाउने गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस