जनकपुर । नेपाली कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री प्रकाशशरण महतले पार्टीमा एकता र सहिष्णुताको आवश्यकता औँल्याएका छन् ।नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मधेसमा कांग्रेस बलियो हुँदा मात्र देशमै नेपाली कांग्रेस बलियो हुने बताए ।
‘त्यसका लागि पार्टीमा एकताको आवश्यकता छ । पार्टीमा छलफल र सहिष्णुता चाहिएको छ’, उनले भने । पार्टीमा सबै पुस्ताको एकीकृत भएर पार्टी बलियो बनाउनुपर्ने बताए ।नेपाली कांग्रेसले मात्र सामाजिक र आर्थिक विकास गर्न सक्ने उनले बताए ।
‘मधेसीवादीले कुनैपनि कुरा स्थापित गर्न सक्दैनन् । नागरिकको निवास दिएको छ,’ उनले भने । अर्थमन्त्री महतले अर्थतन्त्र सुधारमा आएको भन्दै विकासले गति लिने बताए। मधेस प्रदेशमा सिचाइ, बाटो र खानेपानीको समस्या सरकारले समाधान गर्ने अर्थमन्त्री महतले बताए ।
संविधानले संघीयताका मर्म अनुसार दिएको अधिकार चाँडै कार्यान्वयनमा जाने उनको भनाई छ । यस्तै प्रदेश र स्थानीय तहको सरकारले पनि काम गरेर कांग्रेसको पक्षमा महोल बनाउनुपर्ने महतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १६ : ४४
लेखकबाट थप