एजेन्सी । इजरायली आक्रमणमा अहिलेसम्म २० हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार साँझ दिएको जानकारी अनुसार त्यहाँ युद्ध सुरु भएयता अहिलेसम्म २० हजार मानिस मारिएका हुन् । यस हिसाबले अहिलेसम्म गाजामा दैनिक ३०० जना प्यालेस्टाइनी मारिइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका क्षेत्रीय आपतकालीन निर्देशक रचर्ड ब्रेननले २० हजारभन्दा बढी मानिसको मृत्यु भएको हमासको दाबी भरोसा गर्न लायक भएको बताएका छन् ।
गाजामा कार्यरत डाक्टरहरूले समेत मृतकको संख्या अझै धेरै हुनसक्ने बताएका छन् । यो आँकडामा बमबारीमा भत्किएको भग्नावशेषमा पुरिएर मारिएकाहरूको संख्या समावेश छैन ।
संसारभरको युद्धमा मारिने मानिसको संख्या जाँच गर्ने विज्ञ प्राध्यापक माइकल स्पेगाटका अनुसार अहिलेको आँकडा यसअघि भएका कयौं युद्धको भन्दा असाधारण रुपमा बढी भएको बताए । उनले भने, ‘२००३ बाट भइररहेको गाजाको कयौं युद्धको तुलनामा यो हताहतीको संख्या अकल्पनीय हो ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ पुस २०८०, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’