काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ ल्याउन भइरहेको ढिलाइ र सम्बन्धित पक्षले लापरबाही गरिरहेको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ ।
‘मेलम्चीको पानी, हामीले कहिले खाने ?’ भन्दै प्रदर्शनमा सहभागीहरूले प्रश्न गरेका छन् । उनीहरूले मेलम्चीको पानीमा भ्रष्टाचार भइरहेको भन्दै त्यसलाई बन्द गर्न पनि आग्रह गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले ‘नदे नदे एडीबी मेलम्चीलाई ऋण नदे‘’, ‘भ्रष्टाचार गनायो मेलम्चीलाई छाडी दे’, नो पोलिटिक्स इन वाटर’, पानी कहिले आउँछ ?’, ‘मेलम्चीको पानी हामीले कहिले खाने ?’, ‘मेलम्ची को भ्रष्टाचार सन्त नेतामाथि अत्याचार’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्ची खानेपानी वितरण बन्द
बागमती नदीमा छाडियो मेलम्चीको पानी
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै
काठमाडौँमा दशैँ अघि नै मेलम्चीको पानी आउने
मेलम्चीमा आयो बाढी, अस्थायी पुल बगायो