देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

बुधबार, ०४ पुस २०८०, १२ : ५८
देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

काठमाडौं  । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । सप्तरी, रुपनी गाउँपालिका-४ छप्की बस्ने ५० वर्षीय जगरनाथी साह आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित आफ्नै माइती घर बस्ने ३६ वर्षीया पवित्रा तामाङ सोही ठाउँस्थित आफ्नै बर्खे गोठभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत मंसिर २० गते घरबाट हिँडी बेपत्ता भएकी उनको पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो ।

कैलाली, घोडाघोडी नगरपालिका-१ लोरपुरस्थित शिव शक्ति सामुदायिक वनमा सोही नगरपालिका-१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखा, गोरखा नगरपालिका-३ रोजिटार बस्ने ५७ वर्षीया तिल कुमारी ईस्माली मगर आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । उदयपुर, कटारी नगरपालिका-१० बरडाँडा बस्ने ४१ वर्षीय कमल कार्की सोही ठाउँस्थित छिमेकीको घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बाँके, नेपालगंज उपमहानगरपालिका-९ बाँके गाउँ घर भएका ५१ वर्षीय अशोक कुमार कुहार सोही उपमहानगरपालिका-१३ स्थित साथीको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छ्न्  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस