एजेन्सी। अन्तरराष्ट्रिय समुदायले इरानको आणविक कार्यक्रममा संयुक्त बृहत् कार्य योजना (जेसीपीओए) पुनःस्थापित गर्नका लागि सबै उपलब्ध कूटनीतिक उपायहरू अवलम्बन गर्नुपर्ने संयुक्त राष्ट्रसंघका राजनीतिक प्रमुखले सोमवार सुरक्षा परिषद्लाई आग्रह गरेकी छिन् ।
राजनीतिक तथा शान्ति निर्माण मामिलाका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिव रोजमेरी डिकार्लोले आठ वर्षअघि यो योजनाले ग्रहण गरेको आशा अहिले निराशामा परिणत हुँदै गएको बताएका छिन् ।
बैठकमा सहभागीहरू यसको भाग्य र भविष्यका लागि जिम्मेवार छन् तर यो योजना सफल हुन्छ वा विफल भन्ने कुरा विश्वका सबैका लागि अत्यन्त महत्त्वपूर्ण छ । विशेष गरी विश्वव्यापी सुरक्षाको वर्तमान खतरनाक मोडमा यसले विश्व शान्ति सुरक्षामा नयाँ तरङ्ह सिर्जना गरेको छ । इरानले सो योजनाअन्तर्गत आफ्ना आणविक विषयसम्बन्धी प्रतिबद्धताहरूसँग असङ्गत कदमहरू उल्टाउनु पर्नेमा सबैको चासो देखिन्छ ।
संयुक्त राष्ट्रसंघले सहभागीहरूलाई अधिकतम संयम अपनाउन र योजनालाई पुनः स्थापित गर्नका लागि उपलब्ध सबै कूटनीतिक उपायहरू अवलम्वन गर्न आग्रह गर्न जारी राख्ने पनि उनले उल्लेख गरेका छन् ।
बैठकमा उनले विषयलाई समर्थन गर्ने काउन्सिल रिजोल्युसनु २२३१ (२०१५०)को भागको रूपमा विकास गरिएका प्रतिबन्धात्मक उपायहरूसँग सम्बन्धित कार्यहरूको समीक्षात्मक विवेचना पनि प्रस्तुत गरेकी छिन् ।
डिकार्लोले भनिन्, ‘महासचिवले अझै पनि जेसीपीओएले इरानी आणविक कार्यक्रम विशेष रूपमा शान्तिपूर्ण रहन सुनिश्चित गर्नका लागि उपलब्ध उत्तम विकल्प अवलम्बन गर्दछ भन्ने कुरालाई विचार गर्दछ।’
अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जेसीपीओएको प्रमाणीकरण र अनुगमनका विषयमा इरानले आफ्ना आणविक–सम्बन्धित प्रतिबद्धताहरूको पूर्ण पालनमा उदासीनता देखाएपछि विशेष चासो व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, १४ : ०४
लेखकबाट थप