गण्डकी । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ ।
कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।
सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारी समेत उपस्थित हुने सभापति शर्माले बताए । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुनेछ ।
सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सयजना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?