काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री अली साब्री नेपाल आउने भएका छन् । उनी नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन भोलि काठमाडौँ आउन लागेका हुन् ।
परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उनी तीन दिने नेपाल भ्रमणमा आउन लागेको श्रीलङ्काको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । संयुक्त आयोगको उद्घाटन सत्रमा सहभागी हुन विदेशमन्त्री साब्री नेपालको भ्रमणमा जान लागेका विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने श्रीलंकाली विदेश मन्त्रालयले जनाएको छ ।
बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी(पत्रमा हस्ताक्षरसमेत हुने कार्यक्रम छ । श्रीलंकाली विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । उनी तीन दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता