एजेन्सी । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक सहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।
नूर शाम्स शरणार्थी शिविरबाट सहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीय प्यालेस्टाइनी स्रोतका अनुसार इजरायली सेनाले सहरनजिकैको शरणार्थी शिविरमा १० घण्टा लामो सैन्य आक्रमण गरेको थियो ।
यसैबीच, इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्मनजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिका क्रममा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको र हतियार जफत गरिएको जनाएको छ ।
आधिकारिक प्यालेस्टाइनी समाचार एजेन्सी डब्ल्यूएएफएका अनुसार अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि कम्तीमा २९६ प्यालेस्टाइनी वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु