एजेन्सी । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक सहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।
नूर शाम्स शरणार्थी शिविरबाट सहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीय प्यालेस्टाइनी स्रोतका अनुसार इजरायली सेनाले सहरनजिकैको शरणार्थी शिविरमा १० घण्टा लामो सैन्य आक्रमण गरेको थियो ।
यसैबीच, इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्मनजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिका क्रममा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको र हतियार जफत गरिएको जनाएको छ ।
आधिकारिक प्यालेस्टाइनी समाचार एजेन्सी डब्ल्यूएएफएका अनुसार अक्टोबर ७ मा इजरायल–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि कम्तीमा २९६ प्यालेस्टाइनी वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु
खोलामा डुबेर दाजुभाइको मृत्यु
वीरगन्जमा पौडी खेल्ने क्रममा डुबेर २ दाजुभाईको मृत्यु
टेक्सास गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु
पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु
करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु