अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रियो

सफल खबर संवाददाता

आइतबार, ०१ पुस २०८०, २० : १८
अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रियो

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो तीन दिने सत्याग्रह भोलि मात्रै तोड्ने भएका छन् । गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घण्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताइएको छ । 

बढ्दो उमेर र हालैमात्र शल्यक्रिया गरेका कारण डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । डा. केसीले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए ।

प्रतिक्रिया दिनुहोस